विराटनगर : प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ ।
प्रदेश १ को सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि पूर्वमन्त्री तथा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा समिति गठन भएको थियो । समितिले साझा कार्यक्रम तयार गरेको हो ।
समितिले आज (सोमबार) दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई न्यूनतम साझा कार्यक्रम बुझाएको छ ।
न्यूनतम साझा कार्यक्रममा आगामी पाँच वर्षको प्रदेश १ को कूल ग्राहस्थ उत्पादन ७० प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको छ । ५ वर्षमा हालको कूल गार्हस्थ्य उत्पादन ७ खर्ब ६३ अर्बमा ७० प्रतिशत वृद्धि गरी १२ खर्ब २० अर्ब पुर्याउने लक्ष्य राखेको हो ।
प्रदेश सरकारको प्राथमिकतामा प्रदेशको नामकरण गर्ने, प्रदेश सरकार सम्वद्ध मन्त्रालय, आयोग, निर्देशनालय तथा कार्यालयहरूको आवश्यक प्रशासनिक संरचना निर्माण गर्ने, संघीय सरकार मातहतका निकाय र संवैधानिक अधिकार प्रदेश मातहत ल्याउनेछन् ।



















Discussion about this post