Wednesday, June 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

इटहरीमा प्याब्सन प्रदेश १ द्वारा ‘प्रेसिडेन्ट कप’को तयारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २५, २०७९
in खेलकुद, समाचार
0
इटहरीमा प्याब्सन प्रदेश १ द्वारा ‘प्रेसिडेन्ट कप’को तयारी
97
SHARES
Share on FacebookShare on Twitter

इटहरी : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) प्रदेश १ द्वारा ‘प्रेसिडेन्ट कप’को तयारी गरिएको छ ।

बुधबार (आज) इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराइएको हो ।

प्याव्सन प्रदेश १ का अध्यक्ष टीकाराम ढकालका अनुसार ‘अन्डर १५’ फुटबल प्रतियोगिता तथा कक्षा १२ सम्मको ‘प्रेसिडेण्ट कप रनिङ्ग सिल्ड’ भलिबल प्रतियोगिता यही २७ र २८ गते इटहरी रंगशालामा हुने भएको हो ।

भलिबल प्रतियोगितामा प्रदेश १ का सुनसरी, मोरङ, झापा र तेह्रथुम गरी छात्रातर्फ ६ टिम र छात्रतर्फ ७ टिम सहभागी हुने ढकालले जानकारी दिए ।

भलिबल प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ सहभागी हुनेछन् । फुटबलमा भने छात्रतर्फ मात्रै सहभागी गराइने भएको छ ।

‘अन्डर १५’ छात्र फुटबल प्रतियोगितामा प्रदेश १ का ६ वटा टिम सहभागी हुने प्याव्सन प्रदेश १ का वरिष्ठ उपाध्यक्ष सुमित थापाले जानकारी दिए ।

उनका अनुसार रनिङ्ग सिल्ड भलिबल प्रतियोगिताको बिजेता टिमलाई नगद ३१ हजार, उपबिजेतालाई नगद २१ हजार, तृतीय हुनेलाई नगद ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिनेछ ।

यस्तै, फुटबलतर्फ बिजेता हुने समूहलाई नगद २१ हजार र उपबिजेता हुने समूहलाई नगद ११ हजार रुपैयाँ प्रदान गरिने तयारी भएको थापाले जानकारी दिए ।

यस्तै, विभिन्न विधागत रूपमा उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कृत गरिने तयारी भएको छ ।

‘हामीले पालिका स्तरबाटै जिल्ला हुँदै छनौट गरेका हौँ,’ थापाले भने, ‘जिल्लास्तरीय बिजेता र उपबिजेतालाई यो खेलमा सहभागी गराइएको हो ।’

उनका अनुसार २७ गतेको खेलमा प्रदेश १ का पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले खेलको उद्घाटन गर्नेछन् ।

अध्ययनसँगै खेलकुदमा पनि विद्यार्थीहरूलाई सहभागी गराउने उदेश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको प्याव्सनले जनाएको छ ।

Tags: #खेलकुदटीकाराम ढकालप्याब्सनसुमित थापा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मिक्लाजुङमा कविताको वर्षा
FEATURE BREAKING

मिक्लाजुङमा कविताको वर्षा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २७, २०८३
0

मेरो माया मफलर भए बाँधिहिड्थेँ गलामा ! कैलेकाहीँ त मन नहुँदा टाँगिहिड्थेँ किलामा !  करिब ६५ वर्षअघि, अयामेली कवि बैरागी...

विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
FEATURE BREAKING

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

विराटनगर : विराटनगर विमानस्थल परिसरभित्र यात्रुहरूबाट अत्यधिक मूल्य असुल्ने प्रवृत्ति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमनमार्फत कडा कारबाही गरेको...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३
तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

जेष्ठ २६, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1504 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.