धनकुटा : धनकुटा नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न भएको छ । चार वटा निर्णय तथा प्रस्ताव सर्वसम्मत पारित गर्दै सोमबार नगरसभा सम्पन्न भएको हो ।
नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख भीमादेवी खनालले प्रस्तावहरू प्रस्तुत गरेकी थिइन् ।
नगरका प्रवक्ता जम्सेर राईका अनुसार नगर सभाले बिनियोजन ऐन संशोधन गरेको छ । त्यस्तै, गत साउनदेखि हालसम्म नगर कार्यपालिकाले गरेका निर्णयहरूलाई पनि नगरसभाले अनुमोदन गरेको छ ।
सभाले संघ, प्रदेशबाट वा नगरको सञ्चित कोषबाट बजेट प्राप्त भएमा सञ्चालन गर्ने गरी १४ वटा योजना तथा कार्यक्रमलाई स्वीकृति दिने प्रस्ताव पनि पारित गरेको छ ।
नगर कार्यपालिकामा कार्यरत कर्मचारीहरूको तलबी प्रतिवेदन पनि नगरसभाले स्वीकृत गरेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए ।














Discussion about this post