इटहरी : इटहरीमा रहेको विश्व आदर्श एकेडेमीले विविध कार्यक्रम गरी आफ्नो छैठौं अभिभावक दिवस मनाएको छ ।
अभिभावक दिवसको अवसरमा बालबालिकाहरूले गीत, नृत्य, अभिनय, विभिन्न खेलकुदका साथै फेसन सो प्रस्तुत गरेका थिए ।
कार्यक्रमको उद्घाटन इटहरी उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख सूर्य सुवेदीले गरेका थिए ।
कार्यक्रममा विश्व आदर्श एकेडेमीका प्राचार्य गणेश दुलाल, सह–प्राचार्य रितेश चौधरी, सह–प्रधानाध्यापक मोहनप्रसाद निरौला, नागरिक समाजका अध्यक्ष राजु केसी, प्याब्सन प्रदेश उपाध्यक्ष सुमित थापा, हिसान सुनसरी अध्यक्ष सागरप्रसाद भट्टराई, नेपाल रेडक्रस सोसाइटी इटहरी अध्यक्ष दिनेश भट्टराई लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको क्षमता अभिवृद्धिका लागि स्कुलले अतिरित्तm क्रियाकलापमा समेत विशेष ध्यान दिएको जानकारी दिए ।
Discussion about this post