विराटनगर : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
चोरी मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७९।०१।०९ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ५ दिन कैद र नगद २ हजार रुपैयाँ जरिवाना बेरुजु रही फरार रहेका विराटनगर महानगरपालिका २ का १८ वर्षीय सन्तोष रायलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका रायलाई मोरङ जिल्ला अदालतमा दाखिला गरिएकोमा कैद भुक्तानको लागि मोरङ कारागार पठाइएको छ ।
Discussion about this post