विराटनगर : जनता समाजवादी पार्टी (जसपा) की एक्ली सांसद निर्मला लिम्बूले कोसी प्रदेश स्वीकार गर्न गोली थाप्दाभन्दा गाह्रो भएको बताएकी छिन् ।
बुधबार प्रदेश १ को प्रदेशसभामा नामकरणको विषयमा बोल्दै उनले कोसी प्रदेश स्वीकार्य नभएको बताएकी हुन् ।
पहिचानका आधारका प्रदेशको नामकरण हुनुपर्ने बताउँदै आएकी लिम्बूले बहुमत सदस्यको निर्णय मान्नुपर्ने अवस्थाले आफूहरूलाई आएको मतको अपमान भएको बताइन् ।
रोदनमिश्रित भावमा उनले भनिन्, ‘मलाई नामकरणको विषयमा हिजोमात्रै थाहा दिएर अपमान गरियो । गोली थाप्दा गाह्रो हुदैन थियो, जति कोसी नाममा मलाई त्यो भन्दा गाह्रो भयो ।’
उनी प्रदेश १ की स्वास्थ्यमन्त्री समेत हुन् ।













Discussion about this post