इटहरी : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ।
चैत ५ मा हुने त्रिभुवन विश्वविद्यालयस्तरीय स्ववियु निर्वाचनमा निर्वाचनमा भाग लिन चाहने विद्यार्थी संगठनले शुक्रबार (आज) अपराह्न ३ बजेभित्र दर्ता गर्नु पर्नेछ।
फागुन २१ गते निर्देशनालयले मतदाताको नामावली प्रकाशन गरिनेछ । नामावलीमाथि फागुन २५ गते दिउँसो १ बजेभित्र दाबी बिरोध गर्न पाइने छ ।
दाबी बिरोधमाथि छानबिन गरेर त्यही दिन साँझ ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने निर्देशनालयका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए ।
उनका अनुसार देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ।
फागुन २६ गते प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिनेछ। फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयनपत्रको नामावली दाखिला हुनेछ।
साँझ ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेभित्र प्रत्यक्षतर्फका उम्मेदवारमाथि दाबी बिरोध गर्ने समय तोकिएको छ। साँझ ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारमाथि परेको दाबी बिरोधमाथि छलफल गरेर अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ।
यस्तै, फागुन २९ गते दिउँसो १ बजेसम्म फिर्ता लिने समय दिइनेछ। त्यही ही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्देशनालयले जनाएको छ।
चैत्र ५ गते बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।
Discussion about this post