बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका स्थापना भएको अवसरमा नगरपालिकाले तीन दिवसीय विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ ।
साबिकका ५ वटा गाउँ विकास समितिहरू मिलेर २०७३ साल फाल्गुन २७ गते हालको बराहक्षेत्र तत्कालीन बराह नगरपालिका सुनसरीको कान्छो नगरपालिकाको रूपमा घोषणा भएको थियो ।
नगरपालिका घोषणा भएको ७ वर्षपछि स्थापना दिवस आयोजना गर्न लागिएको हो ।
नगर प्रमुख रमेश कार्कीका अनुसार नगरपालिका स्थापना दिवसरको अवसरमा २६ गते नगर स्तरीय खुल्ला वक्तित्वकला आयोजना गरिनेछ । २७ गते सरसफाई र २८ गते स्वास्थ्य शिविर र नगर स्तरीय खुल्ला दौड प्रतियोगिता आयोजना हुनेछ ।
लागूपदार्थ दुर्व्यसनीका असर र न्यूनीकरणमा विद्यार्थी भूमिका शीर्षकमा वक्तित्वकला आयोजना हुनेछ ।
नगरपालिका घोषणा भएको अवसरलाई उत्सवको रूपमा लिएर सातौं स्थापना दिवस मनाउने निर्णय गरिएको बराहक्षेत्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ॠद्विप्रकाश सिटौलाले जानकारी दिए ।












Discussion about this post