Wednesday, August 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सकियो धरान एक्स्पो, दुई करोड बढीको कारोबार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २१, २०७९
in समाचार
0
सकियो धरान एक्स्पो, दुई करोड बढीको कारोबार
122
SHARES
Share on FacebookShare on Twitter

धरान : सुनसरीको व्यवसायिक, व्यापारिक, कृषि, औद्योगिक, शैक्षिक, साहित्यिक, सूचना तथा प्राविधिक र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन भएको धरान एक्स्पो २०७९ को औपचारिक समापन भएको छ ।

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ बाट धरान रङ्गशालामा सुरु भएको एक्स्पो नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि सुदन किराँतीको प्रमुख आतिथ्यमा समापन गरिएको हो ।

समापन समारोहमा पर्यटनमन्त्री किराँती, कोशी प्रदेशका निवर्तमान सभामुख प्रदीपकुमार भण्डारी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्मा, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि पर्यटनमन्त्री किराँतीले धरानको साख फर्काउन सबै लाग्नुपर्ने बताए ।

पछिल्लो समयमा धरानमा केही छैन भन्ने तर्क हाबी भइरहेको भन्दै मन्त्री किराँतीले दृष्टिकोण परिवर्तन गर्न सबैलाई आग्रह गरे ।

‘धरानमा केही पनि छैन भन्ने एक किसिमको तर्क धेरै हाबी हुन थालेको छ । यसलाई सबै मिलेर चिर्न आवश्यक छ’ मन्त्री किराँतीले भने, ‘धरानमा केही छैन भन्दा पनि के चाहीँ छैन ? भन्ने दृष्टिकोण सबैले बनाउनुपर्छ ।’

लाहुरेको सहर, फेसनको सहर, कला–सँस्कृतिको सहरका रूपमा परिचित धरानको चौतर्फी विकासमा सबैले हातेमालो गर्नुपर्नेमा उनले जोड दिए ।

धरान एक्स्पो लगायतका प्रदर्शनीले उत्पादनको बजारीकरणमा सहयोग गर्ने र नयाँ उद्यमीलाई स्थापित ब्राण्डबाट अनुभव लिन सहयोग गर्ने भएकाले यसको आवश्यकता र औचित्य बढ्दै गएको उनले बताए ।

‘धरान हुँदै रानीलाई किमाथाङ्गसँग जोड्ने सडक, चतरा, तमोर कोरिडोरले धरानको विकास कुरिरहेको छ । हामी आत्तिनु पर्ने अवस्था छैन’ मन्त्री किराँतीले भने, ‘विकासका लागि आवश्यक बहस, विचार, विमर्श गर्दै निष्कर्ष निकाल्नु पर्छ । धरान, सुनसरी क्षेत्रको सर्वाङ्गीण विकास सम्भव छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मीन विश्वकर्माले सुन्दर धरानलाई विकासमा सुन्दर बनाउन नसकेको तर्क गर्दै यसतर्फ सबैले आवश्यक ध्यान दिन आग्रह गर्दै पर्यटनमन्त्री किराँतीको ध्यानाकर्षण गराए ।

‘सुन्दर धरानलाई विकासमा सुन्दर बनाउन सकेनौँ । यसतर्फ सबैले ध्यान दिन आवश्यक छ’ उनले भने, ‘पर्यटन मन्त्रीले धरानको विकासमा सहयोग गर्नुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ ।’

प्रकृतिले धरानलाई सबै कुरा दिएको र उद्योग वाणिज्य लगायत संघ संस्थाले समृद्विका लागि निरन्तर प्रयास गरिरहेको भएपनि दलीय मतभेद–विरोध, संघीय, प्रदेश सरकारको योजनभित्र धरान–सुनसरी क्षेत्र नभएको कारण यस क्षेत्रको विकास हुन नसकेको विश्वकर्माले तर्क गरे ।

निजी क्षेत्रको व्यापारिक प्रवद्र्धन गर्ने फरक उद्देश्यसहित आयोजना गरिएको एक्स्पो सफलतापूर्वक सम्पन्न भएकोमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आयोजक र अवलोकनकर्तालाई बधाईसहित धन्यवाद ज्ञापन गरेका छन् ।

एक्स्पोले रैथाने उत्पादनको बजारीकरणमा पुर्याएको सहयोग र अन्य स्थानका उत्पादन र उद्यमी धरान आउँदा त्यसले पार्ने सकारात्मक प्रभावको बारेमा उनले खुलेर प्रशंसा गरे ।

‘एक्स्पोले रैथाने उत्पादनको बजारीकरण, व्यवसायीकरणमा सहयोग पुर्याएको छ । त्यसबाहेक अन्य क्षेत्रका उद्यमी यहाँ आउँदा वहाँहरु सँगै धरानमा सीप, उत्पादन, उद्यमशीलता पनि आएको छ । यसले पार्ने सकारात्मक प्रभाव सराहनीय छ’ प्रमुख साम्पाङले भने, ‘एक्स्पो अवधिभर आर्थिक कारोबार पनि राम्रो भएको जानकारी प्राप्त भएकाले आयोजकलाई बधाई तथा कार्यक्रम आयोजना गर्नुभएकोमा धन्यवाद !’

धरानबाट नेपालमा श्रम संस्कृति सुरु भएको भन्दै मेयर साम्पाङले देशभर यसको बजारीकरण गरिनुपर्नेमा जोड दिएका छन् ।

‘सबै मिलेर काम गरे मात्र समृद्ध नेपाल सम्भव छ । त्यसका लागि धरानमा श्रम संस्कृति सुरु भएको छ । यसको पनि बजारीकरण होस् भन्ने मेरो कामना छ’ मेयर साम्पाङले भने, ‘सँस्कृतिमन्त्रीले नेपाल सरकारमा र देशका अन्य विभिन्न स्थानमा श्रम सँस्कृतिको प्रचार गरिदिनुहोला ।’

कल्पना गरिएको धरान र नेपाल सुन्दर भएको भन्दै उनले त्यसका लागि सबैले बोलीले मात्र नभई व्यवहारमा र कर्ममा इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिए ।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष एवम् धरान एक्स्पोका संरक्षक विजय श्रेष्ठले एक्स्पोलाई एक लाख बढी अवलोकनकर्ताले अवलोकन गरेको र दुई करोड बढीको कारोबार भएको जानकारी दिए ।

एक्स्पोको समापन समारोहमा बोल्दै उनले एक्स्पो आयोजक संघले धरान, सुनसरी र समग्र कोशी प्रदेशमा लगानी भित्र्याउने गरी तयारी गरिरहेको बताए ।

‘हामीले एक्स्पो अवधिभर पनि विभिन्न तरिकाले यस क्षेत्रमा लगानी भित्र्याउने प्रयास गर्याैँ’ संरक्षक श्रेष्ठले भने, ‘अब एक्स्पो समापन भएपछि पनि यसले निरन्तरता पाउनेछ । धरानमा लगानी गर्न वातावरण मिलाउन स्थानीय सरकारसँग समन्वय भइरहेको छ ।’

फरक (डोम) प्रविधिसहित विगतमा भइरहने स्थानभन्दा फरक ठाउँमा एक्स्पो आयोजना गरिएता पनि अवलोकनकर्ताले उल्लेखनीय सहभागिताले आफूहरुलाई थप जोश प्राप्त भएको भन्दै उनले सबैलाई धन्यवाद ज्ञापन गरे ।

‘भानुचौक मात्र धरान होइन, धरानका कुनाकुना विकास गरिनुपर्छ, विस्तार हुनुपर्छ भनेर हामीले पहिले गरिरहने ठाउँबाट एक्स्पोलाई सारेर धरान रङ्गशालामा सञ्चालन गर्याैँ’ संरक्षक श्रेष्ठले भने, ‘पहिले अलिअलि डर थियो तर तपाईँहरुको सहभागिताले हामीलाई थप हौसला दिएको छौँ । अर्काे पटक हामी अझै व्यवस्थित र भव्य एक्स्पो आयोजना गर्नेछौँ ।’

१० दिनसम्म सञ्चालन भएको एक्स्पोमा एक सय ३० स्टल प्रदर्शनीमा राखिएको थियो ।

 

Tags: #धरानएक्स्पो
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विविध

झापा : भन्सार छली गरी भण्डारण, २५ लाख मूल्य बराबरका सामान बरामद

by रासस
साउन २०, २०८३
0

झापा : झापाको मेचीनगर नगरपालिका-७ को एक घरबाट प्रहरीले करिब रु २५ लाख मूल्य बराबरको भन्सार छलीका अवैध सामान बरामद...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या
विविध

सोलुखुम्बुमा न्वारन पूजाको विवादमा नातिले गरे हजुरबुबाको हत्या

by टाकुरा न्यूज । इटहरी
साउन २०, २०८३
0

सोलुखुम्बु : सोलुखुम्बुमा न्वारन पूजामा गएका हजुरबुबामाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा...

पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

साउन २०, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सार्वजनिक स्थानका जातीय तथा धार्मिक झण्डा हटाउन सुनसरी प्रशासनको अपिल

साउन २०, २०८३
सुनसरी–सिरहा घटना मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिने मन्त्रिपरिषद्को निर्णय

सुनसरी–सिरहा घटना मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिने मन्त्रिपरिषद्को निर्णय

साउन २०, २०८३
नशालु पदार्थ खुवाएर रिसोर्टमा लगी बलात्कार, महिलासमेत संलग्न

नशालु पदार्थ खुवाएर रिसोर्टमा लगी बलात्कार, महिलासमेत संलग्न

साउन २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापा : भन्सार छली गरी भण्डारण, २५ लाख मूल्य बराबरका सामान बरामद

साउन २०, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

सोलुखुम्बुमा न्वारन पूजाको विवादमा नातिले गरे हजुरबुबाको हत्या

साउन २०, २०८३
पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

साउन २०, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सार्वजनिक स्थानका जातीय तथा धार्मिक झण्डा हटाउन सुनसरी प्रशासनको अपिल

साउन २०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.