सङ्खुवासभा : सङ्खुवासभाको पाँचखपन नगरपालिका वडा नम्बर ६ वाना भाङ्टारमा श्री सिद्वदेवी पाथीभरा माताको प्राणप्रतिष्ठा सम्पन्न भएको छ । फागुन २१ बाट सुरु भएको प्राणप्रतिष्ठा सम्पन्न भएको हो ।
पण्डित खेमनाथ दाहाल नेतृत्वको पण्डितहरूबाट विधिवत रूपमा देवीको प्राणप्रतिष्ठा गरिएको हो ।
पहिलो दिन सिद्वदेवी पाथीभरा माता र सिद्धेश्वर महादेवको साथै अन्य देवी देवताहरूको प्राणप्रतिष्ठाको लागि कलश यात्रा गरी सोही दिन जलवास गराइएको छ ।
त्यसपछि अनादी वास, फलादी वास, घिर्तादी वास गर्दै विहिवार विधिवत रूपमा प्राणप्रतिष्ठा समापन गरिएको हो ।
श्री सिद्वदेवी पाथिभरा संरक्षण संस्थाले आयोजना गरेको कार्यक्रममा पाँचखपन नगरपालिका र नगर बाहिरका भक्तजनहरूको उपस्थिति रहेको थियो ।
श्री सिद्वदेवी पाथिभरा माताको मन्दिर हालै सम्पन्न भएसँगै प्राणप्रतिष्ठा कार्यक्रमको आयोजना गरिएको संस्थाका देवराज पुरीले जानकारी दिए ।
देवीको प्राणप्रतिष्ठापछि पुजारीबाट दैनिक पूजापाठ गरिने समेत पुरीले बताए । यहाँ मन्दिर स्थापना भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने उनको भनाइ छ ।













Discussion about this post