तरहरा : इटहरी २० तरहरामा रहेको एप्पल ट्री मन्टेश्वरीले अभिभावक दिवस मनाएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी विद्यालय प्राङ्गणमा मन्टेश्वरीले अभिभावक दिवस मनाएको हो ।
अभिभावक दिवसको अवसरमा विद्यार्थीहरूले आफ्ना प्रतिभा देखाएका छन् । कसैले गीत गाएर त कसैले नृत्य गरेर आफ्ना अभिभावकका अगाडि विद्यार्थीहरूले आँफूभित्र रहेको क्षमता प्रष्फुटन गरेका हुन् ।
विद्यार्थीहरूले स्वागत मन्तव्य, स्वागत नृत्य, समाचार वाचन, कराँते खेल तथा विभिन्न नृत्यहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा दुईजना व्यक्तिहरूलाई सम्मान समेत गरिएको छ । शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै इटहरी २० निवासी शिक्षासेवी दिलकुमार वनलाई सम्मान गरिएको थियो भने दि किङ्डम इन्टेरियर एण्ड एक्स्टेरियर प्रा.लि का अल्केश राईलाई प्रशंसा पत्रले सम्मान गरियो ।
कार्यक्रमका प्रमुख अतिथि इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, विशिष्ट अतिथि शिक्षासेवी तथा साहित्यकार मुक्ति घिमिरे डा. रोशन कलवार लगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक सन्तोष कटवालका अनुसार विद्यार्थीहरूमा भएको क्षमतालाई समाजसामु पु¥याउनका निम्ति उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
विद्यालयकी प्रिन्सिपल चन्द्रकला घिमिरेले आगामी दिनमा पनि विद्यार्थीभित्र रहेको अन्तरनिहीत क्षमतालाई प्रस्तुत गरिदैँ जाने बताइन् ।
उनले विद्यालयमा हरेक दिन प्रयोगात्मक सिकाईबाट विद्यार्थीहरूले व्यवहारिक ज्ञान सिक्दै आएको बताइन् । कार्यक्रम विद्यालयका अध्यक्ष बाबुराम कटवालको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post