Monday, April 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

‘विद्यार्थीका समस्या सम्बोधनमा मैले गरेका कामले मलाई न्याय हुन्छ’ : अन्तर्वार्ता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १, २०७९
in अन्तर्वार्ता, समाचार
0
‘विद्यार्थीका समस्या सम्बोधनमा मैले गरेका कामले मलाई न्याय हुन्छ’ : अन्तर्वार्ता
120
SHARES
Share on FacebookShare on Twitter

धरानस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसको चौथो वर्ष (कृषि संकाय) मा अध्ययनरत नवीन श्रेष्ठ (ईशान) आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको उम्मेदवार छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) र समाजवादी विद्यार्थी युनियनबीच तालमेल भएको छ । कूल एक हजार ९४१ मतदाता रहेको यो क्याम्पसमा चुनावी तयारी के छ, विद्यार्थीका प्रतिक्रिया कस्ता छन् भन्ने सन्दर्भमा श्रेष्ठसँग टाकुरा न्यूजले गरेको कुराकानीको सम्पादित अंश ।

१. स्ववियु निर्वाचन नजिकिदै छ, तयारी कस्तो छ ?

स्ववियु निर्वाचन नजिकिदैँ जाँदा हामीले तयारी तीव्र बनाएका छौँ । अहिले नेपाल विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियनबीच गठबन्धन भएका कारण हामी दुवै पक्षका विद्यार्थीहरूले तयारी तीव्र बनाएका छौँ ।

साथै, अन्य संगठनका साथीहरू पनि निर्वाचनमा होमिनुभएको छ । यससँगै हामीले विद्यार्थीको मनोभावना बुझ्ने काम पनि गरिरहेका छौँ ।

२. विद्यार्थीहरूमाझ जाँदा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

खासगरी म सबै विद्यार्थीहरूमाझ परिचित छु । यसकारण पनि मलाई चुनावी माहोलमा होमिनका लागि सहज भएको छ । विद्यार्थीमाझ मत माग्ने क्रममै जाँदा पनि व्यक्तिगत रूपमा चिनाउनुपर्ने बाध्यता छैन । यसैले पनि सबै विद्यार्थीमाझ जाँदा सकारात्मक प्रतिक्रिया पाएको छु ।

विद्यार्थीहरूले विगतमा मैले गरेका कामको मूल्यांकन गर्नुभएको छ । मैले विद्यार्थीका लागि गरेका काम र उनीहरूका समस्या समाधानका निम्ति मैले गरेको लगावले पनि सकारात्मक प्रतिक्रिया पाएको छु ।

३. कतिपय विद्यार्थीहरूले तपाईंको पढाइ चौथो वर्ष भनिरहेका छन्, अध्ययन सकिने बेला चुनावी मैदानमा होमिनुभयो । यसको कारण के ?

४ वर्षमा मैले यहाँ पढ्दै गर्दा कक्षागत सिकाइसँगै अन्य धेरै कुरा सिक्न पाएँ । यहाँका समस्या नजिकबाट नियालिरहेको छु । र, समस्या समाधानका निम्ति निरन्तर पहल गरिरहेको छु ।

४ वर्षको भोगाइ र सिकाइमा मैले समस्या मात्र होइन त्यसका वैकल्पिक समाधान पनि देखेको छु । मेरो कार्यकालभरी म यही विद्यालयमा रहेर काम गर्नेछु । दुई वर्ष क्याम्पसमा बस्नेभन्दा पनि दुई वर्ष यहाँ बसेर परिवर्तन गर्नसक्नेलाई सबैले मत दिएर जिताउनुहुनेछ भन्नेमा म विश्वस्त छु ।

४. सामुदायिक र प्राविधिक क्याम्पसमा फरक पर्छ । स्ववियुले तपाईंको नेतृत्व पायो भने थप के काम हुन्छ ?

सामुदायिक क्याम्पस र प्राविधिक क्याम्पसमा धेरै नै फरक पर्छ । प्राविधिक क्याम्पसमा सामुदायिक क्याम्पस जति राजनीतिक प्रभाव हुँदैन । हाम्रो क्याम्पसमा विभिन्न ७ संकायहरू छन् । र, सबैका आफ्ना–आफ्ना क्षेत्रहरू रहेका छन् ।

स्ववियुमा जाँदै गर्दा सबै संकायको नेतृत्व लिनुपर्ने हुन्छ । यहाँ सबै संकायका आ–आफ्ना समाजहरू छन् । र, सबैले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेका छन् । यसैबीच म स्ववियुको नेतृत्व गर्दैगर्दा डेल्टाले आयोजना गर्ने प्राविधिक मेलालाई राष्ट्रिय स्तरमा पु¥याएर सबै समाजलाई एकजुट बनाएर ग्राण्ड टेक्निकल फेस्टिबल आयोजना गरेर राष्ट्रिय स्तरमा पु¥याउनेछु ।

मैले यस क्याम्पस छिर्दै गर्दादेखि आजसम्म एकदिन आफ्नो व्यक्तिगत स्वार्थ भनेर हिँडेको छैन । रातको समयमै पनि कोही विद्यार्थी बिरामी पर्दा होस् वा अन्य समस्या हुँदा मेरो जहिल्यै, जतिबेला पनि उपस्थिति हुँदै आएको छ । यो खट्ने शैली सबै विद्यार्थीले मूल्यांकन गरिरहनुभएको छ ।

५. तपाईंका चुनावी एजेन्डा संक्षिप्तमा ?

विशेषतः शिक्षा सुधार, स्वास्थ्य समस्या समाधान, महिलामैत्री विद्यालय, खेलकुदमैत्री विद्यालय, प्रविधिमैत्री, वातावरण तथा सरसफाई, संस्कृति तथा पर्यटन लगायतका कुराहरू समेटेको छु ।

६. अन्त्यमा केही ?

निर्वाचन स्वच्छ प्रतिस्पर्धा हो । परिणाम जे आए पनि स्वीकार गर्नुपर्छ । तर, मलाई विश्वास छ, मेरो निरन्तरको विद्यार्थीको समस्या समाधानमा गरेको पहल, मिहिनेत, संघर्ष र विद्यार्थीका समस्या सम्बोधनमा मैले गरेका अथक प्रयासले विद्यार्थी साथीहरूले मलाई न्याय गर्नुहुनेछ ।

 

Tags: अन्तर्वार्तानवीन श्रेष्ठपूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसस्ववियु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन
समाचार

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

by टाकुरा न्यूज । इटहरी
बैशाख १३, २०८३
0

भोजपुर : अविरल वर्षाका कारण अवरुद्ध बनेको मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर–चखेवा–दिक्तेल हुँदै काठमाडौं जाने सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको...

नौ महिनामा पूर्वी नाकाबाट सात हजार ६४२ पर्यटक भित्रिए
भिजिट नेपाल

नौ महिनामा पूर्वी नाकाबाट सात हजार ६४२ पर्यटक भित्रिए

by रासस
बैशाख १३, २०८३
0

झापा : पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष...

नयाँ वर्षमा चौरी महोत्सव हुँदै

बर्सेनि बढ्छन् पर्यटक, विद्युत् र इन्टरनेट समस्याले असहज

बैशाख १३, २०८३
इटहरीमा ठूलो परिमाणको लागूऔषधसहित एक युवक पक्राउ 

इटहरीमा ठूलो परिमाणको लागूऔषधसहित एक युवक पक्राउ 

बैशाख १३, २०८३
इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

बैशाख १२, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

सुनसरीमा ब्राउनसुगरसहित एक जना पक्राउ

बैशाख १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

बैशाख १३, २०८३
नौ महिनामा पूर्वी नाकाबाट सात हजार ६४२ पर्यटक भित्रिए

नौ महिनामा पूर्वी नाकाबाट सात हजार ६४२ पर्यटक भित्रिए

बैशाख १३, २०८३
नयाँ वर्षमा चौरी महोत्सव हुँदै

बर्सेनि बढ्छन् पर्यटक, विद्युत् र इन्टरनेट समस्याले असहज

बैशाख १३, २०८३
इटहरीमा ठूलो परिमाणको लागूऔषधसहित एक युवक पक्राउ 

इटहरीमा ठूलो परिमाणको लागूऔषधसहित एक युवक पक्राउ 

बैशाख १३, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1432 shares
    Share 573 Tweet 358
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    642 shares
    Share 257 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    467 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    377 shares
    Share 151 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.