झापा : झापाको बिर्तामोड नगरपालिका ४ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ४ का सुवास ताजपुरियाको घरकोठा खानतलासी गर्दा ४ ग्राम ३९० मिलिग्राम ब्राउनसुगर, नाईट्राजेपान २८ ट्याबलेट र नक्कली नेपाली नोट हजार रुपैयाँको ८८ थान, पाँच सयको २ थान, अष्ट्रेलियन नोट एक सयको ३ थान, अन्य देशहरूको नोट ११ थान, सक्कली नेपाली रुपैयाँ ३ हजार र मे ५ प ९७९७ नम्बरको मोटरसाइकल बरामद गरिएको हो ।
यससँगै २४ वर्षीय सुवास ताजपुरिया र उनका भाइ १९ वर्षीय प्रविण ताजपुरियालाई पक्राउ गरिएको हो ।
लागूऔषध ब्राउनसुगर र नक्कली नोटसहित पक्राउ परेका दुवैजनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।












Discussion about this post