इटहरी : सुनसरीको कोसी गाउँपालिका ८ बाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको छ ।
भारतबाट पैदल आउँदै गरेको अवस्थामा स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कोसी गाउँपालिका वडानम्बर ६ स्थित श्रीपुर बस्ने अन्दाजी २२ वर्षका आनन्दकुमार यादव रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले स्रोत नखुलेको ११ लाख २३ हजार ५ सय रुपैयाँसहित यादवलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल सुनसरीका डीएसपी नवराज थापाले जानकारी दिए ।
चेकजाँचको क्रममा पक्राउ परेका उनको साथबाट सशस्त्र प्रहरीले खुट्टा र कम्मरमा टेपले बाँधी ल्याउँदै गरेको अवस्थामा सो परिमाणको रकम बरामद भएको उनले बताए ।
पक्राउ परेका यादवलाई स्रोत नखुलेको रकमसहित कारबाहीको लागि राजस्व कार्यालय इटहरीमा बुझाइएको छ ।














Discussion about this post