उदयपुर : उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० चिप्टार र खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर २ बाइटार जोड्ने सुनकोसीको झोलुङ्गे पुल निर्माण सम्पन्न नहुँदै दोस्रो पटक भत्किएको छ ।
कटारी वडा नम्बर १० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार पुलको कटारी तर्फको खम्बा भत्किएको हो ।
यसअघि पनि पुलको स्ल्याब भत्किएको थियो । स्थानीयले गुणस्तरहीन सामग्री प्रयोग गरेकाले पुल भत्किएको आरोप लगाउँदै आएका छन् । वडाध्यक्ष खड्काका अनुसार २०७६ सालमै निर्माण सुरु भए पनि पुल निर्माण हुन सकेको छैन ।
२०७६ सालमा पूर्वाधार विकास कार्यालय गाईघाटबाट ३ करोड ५० लाख रुपैयाँमा ठेक्का लिएका वसन्त बुढाथोकीले झोलुंगेमा गुणस्तरहीन सामाग्री प्रयोग गरेपछि स्ल्याब भत्किएको स्थानीयको दाबी छ ।











Discussion about this post