विराटनगर : कोसी प्रदेशका प्रदेशसभा सदस्यले आफ्नै घरमा बसेर घरभाडा बुझेको पाइएको छ । सुनसरी र मोरङ घर भएका प्रदेशसभा सदस्यहरूले घरै बसेर पनि घर भाडा बुझेको पाइएको हो ।
धनकुटा र झापाबाट प्रतिनिधित्व गर्ने केही प्रदेशसभा सदस्यले पनि डेरा नलिई घरैबाट धाएर पनि घर भाडा बापतको रकम बुझेका छन् ।
विराटनगरमै घर भएर पनि घर भाडा बुझ्ने प्रदेश सभा सदस्य भीम पराजुलीसहित मोरङबाट प्रतिनिधित्व गर्ने सातजना सांसदले घरभाडाबापत मासिक १९ हजार बुझिरहेका छन् ।
मोरङका प्रदेशसभा सदस्यहरू खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी, उमाकान्त गौतम, गयानन्द मण्डल, मानबहादुर लिम्बू, मालती कुमारी लिम्बूले घरैबाट प्रदेशसभा गएपनि घरभाडाबापतको रकम बुझिरहेका छन् ।
यस्तै, मोरङका लीलाबल्लब अधिकारी र विद्या चाम्लिङ नुरशदी वेगमले पनि घर भाडा बापत रकम बुझेको देखिन्छ । यता, सुनसरीका सबै प्रदेशसभा सदस्यहरूले घर भाडा बापतको रकम बुझेका छन् ।
सुनसरीका प्रदेशसभा सदस्यहरू रेवतीरमण भण्डारी, रोहितबहादुर कार्की, रामप्रसाद महतो, रामदेव यादव, इस्राइल अन्सारी, सदानन्द मण्डल, विजय राई, रमेश बस्नेतले घर भाडा बुझेको देखिन्छ ।
यस्तै, समानुपातिकबाट प्रदेशसभा सदस्य भएका मीना श्रेष्ठ, नीरादेवी खनाल, सुनीता गच्छदार, सुनीता गुरुङ राम, सपना दर्जीले घर भाडा बुझिरहेका छन् ।
कोसी प्रदेशसभाका सात जना प्रदेशसभा सदस्यले भने घर भाडा बुझेका छैनन् । यसरी घर भाडा नबुझ्ने संसद्को सूचीमा अमृत अर्याल, केदार कार्की, शिला दीक्षित कार्की, जयप्रकाश चौधरी, गणेश उप्रेती, गीता तिम्सिना, गप्तारानी महतो रहेका छन् ।
























Discussion about this post