काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधरण सभामा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन् ।
उनले अझै पनि विज्ञापन व्यवसायीहरुको दायराभन्दा बाहिर विज्ञापनको क्षेत्र रहेको भन्दै व्यवसायीहरूको दायरामा ल्याउन आवश्यक रहेको बताए ।
सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनका लागि राष्ट्रिय नीति ल्याउन लागेको बताए । उनले सरकारले ल्याउने राष्ट्रिय नीतिमा विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउन सहयोग गर्ने उल्लेख गरे ।
विज्ञापनको धेरै क्षेत्र विज्ञापन संघको दायराभन्दा बाहिर हरेको भन्दै दायरामा ल्याउन पहल गर्न आग्रह गरे ।
उनले भने, ‘सरकारको राष्ट्रिय नीतिले पनि विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउने विषय समेट्नेछ । विज्ञापनको धेरै क्षेत्र विज्ञापन संघको दायरा भन्दा बाहिर हरेको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट सामानहरु बेच्ने गरेका छन् तर विज्ञापन दिने सम्भव हुन सकेको छैन । त्यसलाई पनि कानूनी दायरामा ल्याएर आवश्यक छ । विज्ञापन व्यवसायीहरूलाई परेको समस्या समाधानको लागि सहयोग गर्न तयार रहेको छ । गठबन्धनको सरकार रहेको भन्दै सरकारले सहयोग गर्न तयार छ ।’
नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट सामानहरू बेच्ने गरेपनि विज्ञापन आउन नसकेको उनले बताए ।
कार्यक्रममा विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईँ, अक्युर्याबका अध्यक्ष अर्जुन गिरी, बानका उपाध्यक्ष राजकुमार थापा, विज्ञापन बोर्डका सदस्य पवन अधिकारी, विज्ञापन व्यवसायी नवीन पौडेल, संघका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठ लगायतले बोलेका थिए ।













Discussion about this post