इटहरी : इटहरीमा नयाँ घर बनाउँदा उपमहानगरपालिका आफैंले नक्सा बनाइदिने भएको छ ।
आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी उपमहानगरपालिकाले भवन निर्माण आचारसंहिता अनुसार नगरबासीले घर बनाउँदा आफैंले नक्सा बनाइदिने तयारी गरेको हो ।
स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो बढेपछि उपमहानगरपालिकाले सहजीकरण गर्न लागेको नगरप्रमुख हेमकर्ण पौडेलले बताए ।
‘निवेदन दिएपछि नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ,’ पौडेलले भने, ‘यसको तयारीमा उपमहानगर लागिसकेको छ, साउन १ गतेदेखि यो सेवा लिन पाउनेछन् ।’
पौडेलका अनुसार भूकम्प प्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरुक बनाउन उपमहानगरपालिकाले नै चाहेअनुसारको नक्सा बनाइदिन लागेको हो ।
निजी इन्जिनियरिङ कन्सल्टेन्सी मार्फत घरको डिजाइन बनाउँदा धेरै महँगो शुल्क तिर्नुपरेको गुनासो आएपछि सहुलियत दरमा अब उपमहानगरपालिकाले नै नक्सा बनादिने उनले बताए ।














Discussion about this post