इटहरी : इटहरी उपमहामनगरपालिकाले आफैं घर नक्सा बनाउने निर्णयलाई इन्जिनियरिङ्ग कन्सलटेन्ट सोसाइटी इटहरीले स्वागत गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै राम्रो काममा सहयोग गर्ने प्रतिबद्धतासहित उपमहानगरको निर्णयमा सोसाइटीले स्वागत गरेको हो ।
नगर सरकारको यस निर्णयलाई स्वागत गर्दै नक्सा पास प्रक्रियालाई अझ व्यवस्थित, पारदर्शीता, सर्वसुलभ, जनमैत्री बनाउने कार्यमा सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ “इन्जिनियरिङ् कन्सलटेन्ट सोसाइटीका अधिकाशं सदस्यहरू विभिन्न विषयहरूको विज्ञ भइ धेरै समयदेखि कार्य गरिरहेकोले उपमहानगरको कार्यालयभित्र बन्ने योजना÷आयोजनाको डिपिआर तयार गर्ने कार्यमा समेत निःशुल्क सेवा दिने छौं ।”
साथै सोसाइटीले भवन निर्माण गर्दा काम गर्ने निर्माण व्यवसायी, इलेक्ट्रिसियन, पलम्बर, पेन्टर लगायतका सेवा एक रुपता ल्याउन समेत माग गरेको छ ।
यस्तै जनताले घर नक्सामा देखिएको अभिलेखीकरण दस्तुरलाई निःशुल्क गर्न समेत उपमहानगर समक्ष सोसाइटीले अनुरोध गरेको छ ।
उपमहानगरको १२९ औं कार्यपालिका बैठकले उपमहानगरभित्र नयाँ बन्ने घर तथा अन्य संरचनाका नक्सा आफैँ बनाउने निर्णय गरेको थियो ।














Discussion about this post