विराटनगर : विराटनगर महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा आइतबार भएको समारोहमा विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।
विराटनगर महानगरपालिका कोसी प्रदेशमा रहेका स्थानिय तहमध्ये पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो पालिका पनि बनेको छ । विराटनगर महानगरपालिकामा १७ हजार ५०२ बालबालिकाहरुलाई खोप लगाइसकिएको छ ।
१७ हजार ५०२ बालबालिकाहरूमध्ये १ हजार ५९२ जना बालबालिकाहरू पूर्ण खोप लगाउनबाट छुटेका थिए । उनीहरूलाई घरघरमै पुगेर स्वास्थ्यकर्मीहरूले खोप लगाइसकेपछि मात्रै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
जिल्ला समन्व्य समिति मोरङका अध्यक्ष अजम्बर राईले विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका भएको घोषणा गर्दै मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई प्रमाणपत्र प्रदान गरे ।



















Discussion about this post