इटहरी : कोसी प्रदेश नामकरण खारेजीको माग राख्दै इटहरीमा आन्दोलन गरिएको छ ।
आइतबार (आज) इटहरीको मुख्य चौकमै पहिचानबादीहरूले आन्दोलन गरेका हुन् ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार अहिले पूर्व—पश्चिम राजमार्गमा आवतजावत गर्ने सवारी साधानमा समस्या भएको छ । मुख्य चौकमै प्रदर्शनसहित पहिचानको आन्दोलन हुँदा सकस भएको हो ।
‘ठूलो मात्रामा आन्दोलनमा सहभागी संख्या भएका कारण सुरक्षाकर्मी पनि बाक्लो मात्रामा परिचालन गरिएको छ,’ डीएसपी काफ्लेले टाकुरासँग भने, ‘उच्छृङ्खल गतिविधि हुन नदिनका लागि हामीले सबै ठाउँमा सुरक्षाकर्मी परिचालन गरेका छौँ ।’
उनका अनुसार धरानबाट इटहरीतर्फ जाने सवारी साधन आँपगाछीबाट पूर्वतर्फ मोडिएका छन् ।
यस्तै, पश्चिमतर्फबाट आएका सवारी साधन भने बसपार्क हुँदै फूलबारी टोलबाट पठाइएको छ । पूर्वबाट इटहरीतर्फ आएका सवारी साधन पनि बूढीखोला नजिकैबाट दक्षिणतर्फ पठाइएको छ ।
सवारी साधन व्यवस्थापनका लागि पनि बाक्लो मात्रामा ट्राफिक प्रहरीहरू परिचालन गरिएको छ ।














Discussion about this post