Wednesday, June 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

चार दलका युवा संगठनले बुझाए धरानका मेयरलाई ८ बुँदे ज्ञापनपत्र

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०८०
in समाचार
0
चार दलका युवा संगठनले बुझाए धरानका मेयरलाई ८ बुँदे ज्ञापनपत्र

तस्वीर : लक्ष्मण थापा ।

186
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङलाई विभिन्न चार दलका युवा संगठनले ८ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

आज (बिहीबार) नेपाल तरुण दल, राष्ट्रिय युवा संघ नेपाल, वाइसिएल नेपाल र लिम्बूवान युवा मञ्चका युवाहरूले उपमहानगर परिसरमा गएर नगरप्रमुख साम्पाङसँग ८ प्रश्नको जवाफ मागेका हुन् ।

उनीहरूले नगरप्रमुखबाट पछिल्लो समय सार्वजनिक भएका अभिव्यक्ति, व्यवहार र गतिविधिका कारण धरानबारे नकारात्मक टिप्पणी हुन थालेको भन्दै अविभावकको रूपमा रहेको नगरप्रमुखका त्यस्तो हर्कत शोभनीय नहुने बताएका छन् ।

उनीहरूले नगर प्रमुखले युवालाई गुन्डाको संज्ञा दिनु, दलका झोले भन्नु, गुइँठे जस्ता शब्दको प्रयाग गरिनुले धराने युवाको गम्भीर ध्यान आकर्षण भएको बताएका छन् ।

यस्ता छन् उनीहरुले राखेका ८ प्रश्न–

१) खानेपानी समस्या समाधानका लागि तपार्इंले गरिरहनु भएका कामहरू सकारात्मक छन् । तर, कोकाहा, सर्दु खर्दु, पकुवा लगायतका खानेपानी परियोजनाका लागि कार्यपालिकाका निर्णयहरू र कानुनी प्रक्रिया, सहमति र समग्र परियोजनाको आधारहरू के के हुन् ?

२) धरान खानेपानी व्यवस्थापन बोर्डमा तपाईं नगर प्रमुखको हैसियतमा सदस्य हुनुहुन्छ, बोर्ड हालसम्म गरेका कामहरूको वैधानिकता के हो, बैठक नबसी बोर्डले हालसम्म गरेका करोडौँ खर्च कसरी गरिरहेको छ, खानेपानीको विभिन्न परियोजनाहरूका सन्दर्भमा कस्ता कस्ता निर्णयहरू भएका छन् । बोर्डको विवरण सार्वजनिक गर्ने काम अहिलेसम्म किन भएन, बोर्डको अध्यक्ष चयन गर्न सकिएन ?

३) कोकाहा र पकुवाको पानी ल्याउन चालिएको अभियान सकारात्मक छ । तर, पाइप खरिदका नाममा देश विदेशबाट प्राप्त भएको रकम र दाताहरूको नाम अहिलेसम्म सार्वजनिक किन हुन नसकेको होला ?

४) धरानको खानेपानीको लागि दाताहरूले दिने सहयोग रकम वाणिज्य बैङ्कको खातामा जम्मा गर्ने कार्यपालिका बैठकबाट नगर प्रमुखको हैसियतले तपाईँकै प्रस्तावमा पारित गरी खाता नम्बर समेत सार्वजनिक गरिएको थियो । तर, संस्थागत बैङ्क खातामा रकम जम्मा नगरी व्यक्तिगत रूपमा रकम ग्रहण गर्नु र विवरण समेत सार्वजनिक नगर्नु भ्रष्टाचार हो कि होइन ? अरुलाई पारदर्शीताको पाठ सिकाउनेले आफैँ चाहीँ पारदर्शी हुनु पर्ने कि नपर्ने ?

५) कार्यपालिकाको बैठक नियमित हुन नसक्नुको मूल कारण के हो र को को हो ?

६) वडाका अध्यक्षहरु पनि तपाईंजस्तै निर्वाचित भएर आएका जनताका प्रतिनिधिहरू हुन् । वडा अध्यक्षहरूलाई अख्तियारको दुरुपयोग गर्दै पत्र काटेर निर्देशन दिने तपाईंको सचिवालयका सदस्यलाई के कारबाही गर्नु भयो ? या तपाईंको निर्देशनमै भएको हो भने गलत काम गराएकामा तपाईंले कहिले माफी माग्नुभयो ?

७) धरान र इटहरीको सीमा विवाद पूर्व नगर प्रमुखहरू भएकै समयदेखिको हो । सीमा विवाद चाँडै किनारा लगाउनु पर्छ । तर, यो काम अघि कार्यपालिकाका सबै सदस्यहरूलाई कहिले जानकारी गराउनु भएको थियो ? यसअघि पनि सीमा विवाद भएको र त्यस बेला दुई उपमहानगरबीच भएको समझदारीको ख्याल किन गर्नुभएन । धरान उपमहानगरपालिका तर्फबाट दलहरू, पूर्व जनप्रतिनिधिहरू, बुद्धिजीवी र छिमेकी उपमहानगरका समकक्षीसँग कहिले छलफल गर्नुभयो ?

८) नियमित कार्यपालिकाको बैठक अवरोध हुनु धरानको विकासका समग्र प्रक्रियामा अवरोध आउनु, धरानको बारेमा नकारात्मक सन्देश प्रवाह हुनुमा म प्रमुखको हैसियतमा मेरो पनि दोष छ भन्ने सोच मनमा आउँछ कि आउँदैन होला ?

Tags: #धरान उपमहानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
असार ३, २०८३
0

इटहरी : अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत सुनसरी प्रहरीले विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला...

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
FEATURE BREAKING

पाथीभरा : प्रहरीको रोहबर र सीसीटीभी निगरानीमा दैनिक हुन्छ भेटी गणना

by टाकुरा न्यूज । इटहरी
असार ३, २०८३
0

ताप्लेजुङ : प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनले चढाएको करोडौँ रुपैयाँ भेटी प्रहरीको रोहबर तथा सीसीटीभी निगरानीमा दैनिक गणना गरी...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मापसे गरेर साइकल चलाउँदा ज्यान गुम्यो, टिपर चालक नियन्त्रणमा

असार ३, २०८३

बाढीले बगाएको कुलो नबन्दा माझीटारको उर्वर फाँट चार वर्षदेखि बाँझै

असार ३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ११ जना फरार प्रतिवादी नियन्त्रणमा, ६५ दिन कैद र जरिवाना असुल

असार २, २०८३
कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

असार २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

असार ३, २०८३
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

पाथीभरा : प्रहरीको रोहबर र सीसीटीभी निगरानीमा दैनिक हुन्छ भेटी गणना

असार ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मापसे गरेर साइकल चलाउँदा ज्यान गुम्यो, टिपर चालक नियन्त्रणमा

असार ३, २०८३

बाढीले बगाएको कुलो नबन्दा माझीटारको उर्वर फाँट चार वर्षदेखि बाँझै

असार ३, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    392 shares
    Share 157 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.