इटहरी : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दाका तीनजना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
ज्यान मार्ने उद्योग मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०८।२३ गतेको सजाय निर्धारण फैसला आदेशले ६ महिना कैद, ५ हजार रुपैयाँ जरिवाना भइ फरार रहेका धरान १५ का २२ वर्षीय बिजु भुजेललाई पक्राउ गरिएको हो ।
उनलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाएको छ ।
यस्तै, मोरङ जिल्ला अदालतको मिति २०७९।१२।१४ गतेको सजाय निर्धारण फैसला आदेशले ४ वर्ष कैद र नगद १७ हजार जरिवाना र २ वर्ष कैद नगद ६ हजार रुपैया जरिवाना बेरुजु रही फरार रहेका विराटनगर ५ का ४७ वर्षीय कुलदीप कुमार चौधरी र १९ वर्षीय आर्यन चौधरीलाई खोजतलास गर्ने क्रममा गाउँघरबाट नै पक्राउ गरिएको हो ।
उनीहरूलाई मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाएको प्रहरीले जनाएको छ ।














Discussion about this post