इटहरी : सुनसरीमा एकैदिन १० जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईका अनुसार आइतबार एकैदिन १० जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो ।
विशेष प्रहरी टोली परिचालन गरिएकोमा विभिन्न मुद्दामा फरार रहेका १० जना प्रतिवादीहरूलाई एकसाथ पक्राउ गर्न सफल भएको र प्रतिवादीहरूलाई आवश्क कारबाहीको लागि जिल्ला अदालतमा हाजिर गराइएको उनले बताए ।
सुनसरी प्रहरीले चालू आर्थिक वर्ष २०७९/०८० देखि हालसम्म तीन सय ४७ जना विभिन्न मुद्दामा फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।












Discussion about this post