इटहरी : भारतबाट पेट्रोलियम पदार्थको मूल्य लिटरमा ४ रुपैयाँले घटेर आएको छ ।
इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा ४ रुपैयाँ ३३ पैसा, र डिजल लिटरमा ४ रुपैयाँ ११ पैसाका दरले घटेर आएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै आइओसीले निगमलाई पठाउने मूल्य घटेर आएको हो ।
यही मूल्य यथावत रहे निगमलाई पेट्रोल लिटरमा १० रुपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ नाफा रहने छ ।














Discussion about this post