इटहरी : कोसी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
लागूऔषध गाँजा मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७८।१२।०२ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष ४ महिना १९ दिन कैद बेरुजु रही फरार रहेका एक पुरुषलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाँउपालिका १० घर भईब हाल धरान उपमहानगरपालिका ५ बस्दै आएका ४६ वर्षीय सूर्यबहादुर राई रहेका छन् ।
खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका राईलाई सुनसरी जिल्ला अदालत दाखिला गरेकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post