इटहरी : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२८ गतेको सजाय निर्धारण फैसला आदेशले १० वर्ष कैद बेरुजु रही फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका २० तरहराका ३९ वर्षीय धनबहादुर राई रहेका छन् ।
उनको खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पक्राउ परेका उनलाई मोरङ जिल्ला अदालत दाखिला गराएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post