इटहरी : इटहरीमा एक मोटरसाइकलमा पेट्रोल लगाएर स्टार्ट गर्दा आगो लागेको छ ।
आइतबार बिहान इटहरीस्थित पश्चिम लाइनमा रहेको राधाकृष्ण पेट्रोल पम्पमा पेट्रोल लगाएर मोटरसाइकल स्टार्ट गर्दा आगो लागेको हो ।
झापाबाट इनरुवातर्फ जाँदै गरेको मे ६ प ७७३३ नम्बरको मोटरसाइकलमा सवार चालकले उक्त पेट्रोलपम्पमा पेट्रोल लगाएका थिए । पेट्रोल लगाएर स्टार्ट गर्नेबित्तिकै आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा क्षति भएको छ ।



















Discussion about this post