झापा : झापामा आपराधिक घटनामा संलग्न रहेर फरार रहेका प्रतिवादीलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार झापा जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार विभिन्न मुद्दाहरूमा फरार रहेका व्यक्तिलाई पक्राउ गरिएको हो ।
प्रहरी टोलीले पछिल्लो पाँच दिनमा २४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा लागूऔषध, ठगी, चेक अनादर, वन कसुर, चोरी, जबरजस्ती करणी उद्योग लगायतका मुद्दामा फरार रहेकाहरू छन् ।












Discussion about this post