तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिका ३ पञ्चकन्यामा आगलागीमा परी आमाछोराको मृत्यु भएको छ ।
बिहीबार अपराह्न ३ बजेतिर भएको आगलागीमा परी ५० वर्षीया दिलकुमारी भुजेल र उनका १४ वर्षीय छोरा भूपेन्द्रको मुत्यु भएको इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक हेमराज वलीले जानकारी दिए ।
आगो निभाउने क्रममा ६० वर्षीय देवेन्द्र नेवार, १७ वर्षीय प्रकाश तामाङ, १६ वर्षीय युवराज श्रेष्ठ र १५ वर्षीय ओम श्रेष्ठ घाइते भएका छन् ।
घाइतेमध्ये नेवारको अवस्था गम्भीर छ । उनको हात र खुट्टा जलेको छ । अन्य तीन जना आगो निभाउने क्रममा निसासिएर बेहोस भएका छन् ।
घाइतेहरुलाई स्थानीय छथर अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । स्थानीय गढी सल्लेरी सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किँदा मानवीय क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।



















Discussion about this post