धरान : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले वन पैदवार हानी नोल्सानी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
वन पैदवार हानी नोक्सानी मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०५।१६ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना १० दिन कैद बेरुजु रही फरार रहेका धरान उपमहानगरपालिका ७ पानमाराका बिर्खबहादुर बिश्वकर्मालाई पक्राउ गरेको हो ।
खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।













Discussion about this post