ताप्लेजुङ : ताप्लेजुङमा स्कारपियो जीप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सदरमुकामस्थित फुङ्लिङ नगरपालिका ६ मा मे १ च ७३५३ नम्बरको स्कारपियो दुर्घटना हुँदा पाँच वर्षीय बालकको मृत्यु भएको हो ।
बिहीबार बिहान ८ः३० बजेतिर गुम्बानजिक सडकबाट जीप करिब एक सय मिटर तल झरेको छ ।
दुर्घटनामा फुङ्लिङ नगरपालिका ६ का सागर गुरुङका छोरा अंशुमन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।
लिम्बूका अनुसार दुर्घटनामा परी गम्भीर घाइते बालकलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारार्थ अस्पताल लगिएका बालकलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
चालक कृष्ण गुरुङ घाइते भएका छन्् । उनको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post