Friday, April 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

एसओएस हर्मन माइनर विद्यालयले मनायो २७ औँ अभिभावक दिवस

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १२, २०८०
in समाचार
0
एसओएस हर्मन माइनर विद्यालयले मनायो २७ औँ अभिभावक दिवस
201
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीस्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरीले २७ औँ अभिभावक दिवस मनाएको छ ।

इटहरी १६ स्थित विद्यालय प्राङ्गणमा विभिन्न सांस्कृतिक कार्यक्रम गरी अभिभावक दिवस मनाइएको हो ।

एसओएस बालग्रामका निर्देशक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवचरण चौधरीको अध्यक्षता रहेको उक्त कार्यक्रममा सुनसरी जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुुमकला पाण्डेको प्रमुख आतिथ्य रहेको थियो ।

शिक्षा, युवा तथा खेलकुद महाशाखा इटहरी उपमहानरपालिकाका प्रमुख सूर्यप्रसाद सुवेदी, इटहरी १६ का वडाध्यक्ष तेजनारायण चौधरी, ७ नम्बर वडाका वडाध्यक्ष देवनारायण चौधरी तथा रेडक्रस सोसाइटी इटहरी उपशाखाका सभापति दिनेश भट्टराईलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

अभिभावक दिवससम्बन्धी कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शान्तिराम तिम्सिनाले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै सम्पूर्ण अभिभावक, कर्मचारी, स्थानीय जनप्रतिनिधिको सहयोगमा मात्र विद्यालयले विभिन्न शैक्षणिक उपलब्धि हासिल गरेको र सार्वजनिक गुठीको अवधारणामा सञ्चालित विद्यालय भएकाले इटहरीको साझा सम्पत्तिका रूपमा यसको समृद्धिमा सबैलाई साथ दिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले एसओएस नेपालले अभिभावक गुमाएका र गुमाउने खतरामा रहेका बालबालिकाका क्षेत्रमा अभिभावकीय दायित्व पूरा गरी उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरिन् ।

उनले भनिन्, ‘राज्यले वहन गर्न नसकेको अभिभावकीय दायित्व एसओएसले पूरा गरेको छ । अभिभावक गुुमाएका बालबालिकालाई जन्मदर्ता, नागरिकताजस्ता पहिचान स्थापित गर्ने अधिकारमा एसओएसले सघाएको छ जुन आफैँमा प्रशंसनीय छ । एसओएसले अझै प्रगति गर्दै नैतिकवान्, स्वरोजगार एवम् दक्ष जनशक्ति निर्माण गरोस् ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरीले विद्यालयले गरेको प्रगतिमा सबै इटहरीबासी जनता तथा स्थानीय सरकारको सहयोगले सम्भव भएको पनि बताए ।

अभिभावकहरूको प्रतिनिधित्व गर्दै छवि खड्काले शिक्षक तथा अभिभावक दुवैको सहकार्यले मात्रै विद्यार्थीको सर्वाङ्गीण विकासमा मद्दत पुग्ने भन्दै सबै अभिभावकहरूलाई विद्यालयसँग समन्वय र सहकार्य गर्न आह्वान गरे ।

कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्याथीहरूले लघुनाटक, शास्त्रीय तथा आधुनिक नृत्य, फेसन सो तथा र्‍याम्प वाक गरेका थिए ।

२०५० सालमा इटहरीमा स्थापित एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरी एसओएस बालग्रामद्वारा सार्वजनिक गुुठीको अवधारणामा सञ्चालित र संरक्षित हुँदै आएको छ ।

हालसम्म यस विद्यालयले २४ वटा कक्षा १० ब्याच उत्पादन गरिसकेको छ । नर्सरीदेखि कक्षा १० सम्म साधारण र यसै वर्षदेखि प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङमा कक्षा नौदेखि १२ कार्यक्रम पनि सुरु भएको छ ।

Tags: अभिभावक दिवसएसओएसशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका चार जिल्लाबाट लागूऔषध ब्राउनसुगरसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको  छ । झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागूऔषध...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
FEATURE BREAKING

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न क्याम्पसहरूमा विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर तथा पर्चा–पम्प्लेट हटाउन प्रहरीले अभियान थालेको छ। शैक्षिक संस्थालाई...

पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३
संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

बैशाख १०, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1372 shares
    Share 549 Tweet 343
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    518 shares
    Share 207 Tweet 130
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.