झापा : झापामा ज्यान मार्ने उद्योग मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा गाउँपालिका ३ का ३९ वर्षीय भुपेन भन्ने रूपबहादुर राय रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा जिल्ला अदालत भद्रपुरको २०७३ असोज ११ गतेको फैसला अनुसार ज्यान मार्ने उद्योग मुद्दामा रायलाई ५ वर्ष कैद सजाय तोकेका थिए।
फरार रहेका रायलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनलाई अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि झापा कारागार भद्रपुर पठाइसकेको प्रहरीले जनाएको छ ।














Discussion about this post