विराटनगर : विराटनगरस्थित कोसी प्रदेशसभा भवननजिक आइतबार दोहोरो झडप हुँदा कम्तीमा ५० जना घाइते भएका छन् ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार हालसम्मको प्राप्त विवरणअनुसार सुरक्षाकर्मीतर्फ ३८ र आन्दोलनकारीतर्फ १२ जना घाइते भएका छन् ।
प्रदेशको नाम कोसी खारेज हुनुपर्ने र पहिचानका आधारमा पुनः नामकरण गरिनुपर्ने माग राख्दै पहिचान पक्षधरले प्रदेशसभा नजिकै उग्र प्रदर्शन गरेपछि दोरोहो झडप भएको हो।
झडपमा परेर नेपाल प्रहरीका २३ जना र सशस्त्र प्रहरीका १५ जना घाइते भएका छन्।
घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। स्थितिलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीका तर्फबाट १६ राउण्ड हवाई फायर गरिएको छ।
प्रदेशसभाको बजेट अधिवेशन आइतबार सुरु भएको छ। आइतबार प्रदेशसभा नजिक माहोल भड्किने अवस्था बनेपछि हवाईफायर गर्नु परेको प्रहरी स्रोतले जनाएको छ। सुरक्षाकर्मीका तर्फबाट ६१ सेल अश्रुग्याससमेत प्रहार गरिएको छ ।
पछिल्लो विवरण अनुसार नेपाली प्रहरीले ४४ र सशस्त्र प्रहरीले १७ सेल अश्रुग्यास प्रहार गरेको हो।













Discussion about this post