धरान : नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको नागरिकता विधेयकबारे प्रष्टयाएका छन् ।
धरानमा बिहीबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य समेत रहेका विश्वकर्माले लामो समयसम्म विवादित अगिंकृत नागरिकता र वैवाहिक नागरिकतालाई थाँती राखेर नागरिक विधेयक पारित भएको बताए ।
पटकपटक संसदमा छलफलपश्चात् तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरि रहँदा प्रमाणीकरण हुन नसकेको उक्त नागरिक विधेयकलाई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण हुनु सर्वोच्चताको सम्मान गरेको बताए ।
‘राष्ट्रपतिले संसदीय सर्वोच्चता र संवैधानिक सर्वोच्चताको सम्मान गर्दै विधेयक प्रमाणीकरण गर्नुभएको हो,’ उनले भने, ‘विधेयकले यसअघि कानुनमा भएको वैवाहिक अङ्गीकृत र अङ्गीकृत नागरिकलाई छोएकै छैन ।’
गैर नेपाली आवासीय नगारिकलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसहितको नागरिकता दिने, दोश्रो बाबुको ठेगान नभएको आमा नेपाली हो भने वंशजको आधारमा नागरिकता दिने, तेश्रो एकल महिला बाबुको टुङ्गो नलागेकोलाई नागरिकता बनाईदिने कुरा राखेर विधेयक पारित गरिएको उनले प्रष्ट्याए ।
उनले भने ‘बाध्यता वा पारिवारिक कारणले विदेश पलायन भएर उतैको पिआर पाएर बसेका नेपालीले नेपाल फर्केर आएपछि नागरिक भएर बस्न पाउनुपर्ने अधिकारको सम्बोधन भएको छ ।’














Discussion about this post