मोरङ : मोरङको सुन्दरहरैँचा ५ स्थित बलिया चोकमा मिलिजुली परिवारको आयोजना र ग्लोबल ड्रिम्स म्यानेजमेन्ट प्रालिको व्यवस्थापनमा जारी प्रथम बलिया महोत्सव (२०८०) मा आज (सोमबार) गायक कमल खत्री आउने भएका छन् ।
गायक खत्री साँझ ६ बजे आउने आयोजक मिलिजुली परिवारका सह–संयोजक सञ्जय चौधरीले जानकारी दिए । उनका अनुसार साँझ ६ बजेदेखि १० बजेसम्म सांगीतिक कार्यक्रम आयोजना हुनेछ ।
जेष्ठ १९ गते देखि सुरु भएको महोत्सव असार ५ गतेसम्म सञ्चालन हुने भएको आयोजकले जनाएको छ।
लागूऔषध दुर्व्यशनीमा फसेका युवाहरूलाई पुर्नस्थापना गर्ने कार्यमा सहयोग जुटाउने उदेश्यले महोत्सवको आयोजना भइरहेको अम्बर लिम्बूले बताए ।
महोत्सवमा हरेक साँझ चर्चित कलाकारहरू रचना रिमाल, जिबब, एलिना चौहान लगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने बताइएको छ ।












Discussion about this post