धरान : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले वन पैदवार हानी नोक्सानी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
वन पैदावर हानी निक्सानी मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०५।१६ गतेको सजाय निर्धारण फैसला आदेशले दुई महिना १० दिन कैद बेरुजु रही फरार धरान उपमहानगरपालिका ८ सुनसरीका ५३ वर्षीय विनोद खड्कालाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेको उनलाई सुनसरी जिल्ला अदालत दाखिला गरेकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post