इटहरी : कर्तव्य ज्यान मुद्दाका फरार रहेका सुनसरीका एक पुरुषलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलिले कर्तव्य ज्यान कसुरको मुद्दामा फरार रहेका बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहा बस्ने ५९ वर्षीय लाखमान भन्ने लाखबहादुर लिम्बूलाई १९ वर्ष १० महिनापछि पक्राउ गरिएको हो ।
उनलाई इनरुवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नाताले भाउजु पर्ने हर्षमाया लिम्बूलाई घरायसी सामान्य विवादको कारण २०६० साल साउन १९ गते दाउराको प्रहारबाट हत्या भएको थियो । घटनापछि लिम्बू फरार थिए ।
खोजतलास गर्ने क्रममा उनलाई दुईदिनअघि प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post