धनकुटा : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धनका कारण देशमा अराजकता मौलाएको आरोप लगाएका छन् ।
नेकपा एमाले धनकुटाको स्कुल विभागले पाख्रीबासमा आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् ।
एमाले नेतृत्वमा बनेको देशभक्त र जनमुखी सरकार असंवैधानिक तरिकाले ढालेर गठबन्धनले देशमा अराजकतासँगै नागरिकमा निराशा फैलाएको नेता ज्ञवालीले बताए ।
‘गठबन्धन र गठबन्धन सरकारले गर्न हुने/नहुने सबै काम गरिरहेको छ, यसले देश अराजकता तर्फ गइरहेको छ, देश आर्थिक मन्दीमा फसेको छ,’ नेता ज्ञवालीले भने, ‘काठमाडौंका ३० प्रतिशत व्यापारिक सटरहरु बन्द भएका छन्, नागरिकहरू आर्थिक मन्दीले थप निरास छन् ।’
गठबन्धन सरकारले भुटानी शरणार्थी प्रकरणमा गैरकानूनी साँठगाँठ र बजेट निर्माणमा मनपरी गरेको भन्दै उनले गठबन्धनकै कारण अहिले देश अराजकतासँगै आर्थिक सङ्कटमा फसेको उल्लेख गरे ।
कोसी प्रदेशको नामकरणका विषयमा सरकारमै रहेका दलहरूकै नेता कार्यकर्ताको संलग्नतामा एमाले नेताहरूलाई आक्रमण गरेर अराजकतालाई थप उदाङ्गो पारिएको नेता ज्ञवालीले बताए ।














Discussion about this post