इटहरी : इटहरीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले र्याली र दीप प्रज्वलन गर्दै प्राइड मन्थ २०२३ मनाइएको छ ।
इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता चौधरीको प्रमुख आतिथ्यतामा आइतबार प्रदेशस्तरीय गौरव महिना २०२३ भएकाले निलहिरा समाज इटहरीको आयोजना तथा राईट हेयर राईट नाउ र इटहरी उपमहानगरपालिको सहयोगमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले र्याली र दीप प्रज्वलन गर्दै प्राइड मन्थ २०२३ मनाइएको हो ।
विभिन्न कार्यक्रम गरी जुन महिनालाई गौरवको महिनाको रूपमा मनाउने बताइएको छ । कार्यक्रमले समुदायमाथि हुने गरेको हिंसा, अन्यायविरुद्ध सँगै समुदायको हक अधिकार प्राप्तिको सुनिश्चितताका लागि पनि कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक एवम् मानव कल्याण समाज इटहरी प्रमुख देव नारायण चौधरीले बताए ।
निलहिरा समाज प्रदेश समिति अध्यक्ष मुस्कान श्रेष्ठले अहिलेको वर्तमान अवस्थामा नकारात्मक सोचलाई बदल्न सक्ने र सरकार तथा समाजलाई पनि यस समुदायबारे सोच्न बाध्य बनाउने तथा महिला पुरूष सो सरह हुन पाउने तथा लैङ्गिक, अल्पसंख्य पनि बराबरी हुन पाउने बताइन् ।
र्याली मानव कल्याण समाज इटहरीको कार्यालयबाट सुरु भएर आइतबारे, आर्मी क्याम, इटहरी चौक, बसपार्क हुँदै कार्यालयमै आएर समापन भएको थियो ।















Discussion about this post