मोरङ : मोरङको पथरीशनिश्चरेमा सालनालसहितको मृत शिशु फेला परेको छ ।
थरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ को जनकल्याण माध्यमिक विद्यालय नजिकै बिहीबारे होली पैनीमा स्थानीयले घाँस काट्ने क्रममा उक्त शिशु फेला पारेका थिए ।
स्थानीयले मृत शिशु फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।













Discussion about this post