ताप्लेजुङ : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका ३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेका राईले टाउकामा चिर्पट प्रहार गर्दा ३१ वर्षीया श्रीमती निशा राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।
घटनास्थलमा प्रहरी चौकी काँडेभञ्ज्याङबाट प्रहरी टोली पुगेको छ । लक्ष्मणलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post