धरान : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
लागूऔषध मुद्दामा झापा जिल्ला अदालको मिति २०७८।०४।२९ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना रही फरार रहेका धरान उपमहानगरपालिका ७ सुनसरीका ३० वर्षीय सतारे भन्ने रञ्जित खड्गीलाई पक्राउ गरेको हो ।
खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई झापा जिल्ला अदालत दाखिला गरेकोमा तोकिएको कैद भुक्तानको लागि झापा कारागार पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post