इटहरी : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले अभद्र ब्यवहार र लागूऔषध मुद्दाका दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
अभद्र ब्यवहार मुद्दामा मोरङ जिल्ला अदालतको मिति २०७९।१०।१२ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ५ दिन कैद र ३ हजार जरिवाना बेरुजु रही फरार रहेका मोरङ बूढीगंगा गाउँपालिका ३ का ३४ वर्षीय विशाल सुवेदीलाई पक्राउ गरी मोरङ जिल्ला अदालत दाखिला गराएकोमा कैद भुक्तानको लागि मोरङ जिल्ला कारागार पठाइएको छ ।
यसैगरी लागूऔषध मुद्दामा झापा जिल्ला अदालतको मिति २०७५।०५।२५ गतेको सजाय निर्धारण फैसला आदेशले ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना बेरुजु रही फरार रहेका धरान उपमहानगरपालिका १५ का २८ वर्षीय सञ्जय तामाङलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङलाई झापा जिल्ला अदालतमा बुझाइएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ला कारागार चन्द्रगढी बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post