इटहरी : जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको गौरादहमा प्रहरीले इटहरी १९ सुनसरीका साजन चौधरीलाई बिहीबार विवाह मण्डपबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गौरादह २ झापाकी एक युवतीसँग विवाह गरेर अन्माउने बेलामा प्रहरी पुगेको थियो ।
जेठी श्रीमतीको उजुरीको आधारमा चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको छ ।
पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post