धरान : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले वन पैदावर हानी, नोक्सानी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं. ५ निशाने बस्ने ३२ वर्षीय प्रदीप खत्री रहेका छन् ।
उनको वन पैदावर हानी, नोक्सानी मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०५।१६ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना १० दिन कैद भई लगत नं. ११५८ मा कैद बेरुजु रही असुल गर्न बाँकी रहेको थियो ।
उनलाई प्रहरी टोलीले गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालतमा दाखिला गराएकोमा अदालतले कैद भुक्तानको लागी झुम्का कारागार पठाएको प्रहरीले जनाएको छ ।














Discussion about this post