विराटनगर : विराटनगर १४ मा अवस्थित एस्पायर कलेजले एक दिने तनाव व्यवस्थापन तालिम आयोजना गरेको छ ।
कलेजले आफ्ना विद्यार्थी तथा शिक्षकका लागि तनाव व्यवस्थापन तालिम आयोजना गरेको हो ।
तालिममा ५२ जना विद्यार्थी तथा १३ जना शिक्षकहरूको सहभागिता रहेको थियो ।
अनुसन्धानकर्ता मोटिभेसनल स्पिकर स्कुल अफ ह्यापिनेसका सस्थापक हरी सिटौलाले सहजीकरण गरेको कार्यक्रममा विद्यार्थीहरूले वर्तमान समयमा एकदमै चुनौतीपूर्ण रहेको समय व्यवस्थापन, असल बानीको विकास, स्वस्थ तथा तनावरहित जीवनशैली, सुखी जीवनका लागि सकारात्मक सोच आदि विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए ।
कार्यक्रममा कलेजका प्रमुख चिन्तामणि बस्नेतले युवा अवस्थामा विद्यार्थीहरूलाई आइपर्ने तनावरहित जीवन बाँच्नका लागि जीवन उपयोगी सीपसँग समबन्धित तालिमहरू कलेजले निरन्तर उपलब्ध गराउँदै आएको बताए ।














Discussion about this post