धरान : धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि १ अर्ब ७१ करोडको बजेट सार्वजनिक गरेको छ ।
आइतबार धरानका उपमेयर आइन्द्रविक्रम बेघाले बजेट प्रस्तुत गर्दै ‘खानेपानी’ लाई प्राथमिकतामा राखिएको जनाए ।
बजेटको प्राथमिकताका आधारमा क्रमशः पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद् व्यवस्थापनलाई बजेट विनियोजन गरिएको छ ।
आर्थिक वर्ष २०८०।८१ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उपमहानगरपालिकाको १३ औँ नगरसभा आन्तरिक राजस्वबाट ४२ करोड ७२ लाख ६ हजार, संघीय सरकार अनुदानबाट ९० करोड २ लाख, प्रदेश सरकार अनुदान ४ करोड १ लाख ९२ हजार, संघीय राजस्व बाँडफाँडबाट २० करोड १३ लाख १२ हजार, प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड १० लाख ९० हजार प्राप्त हुने अनुमान गरिएको छ ।














Discussion about this post