धरान : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) को नेतृत्वमा श्रम, संस्कृतिको प्रवर्द्धन गरेकाले वर्ल्ड बुक अफ रेकर्ड्स लण्डनले सम्मान गरेको छ ।
श्रम संस्कृतिको ९८ दिनमा करिब ४२ किलोमिटर पाइप तानेर कोकाहा खोलाको पानी धरानसम्म ल्याउन सफल भएकोमा वर्ल्ड बुक अफ रेकर्ड्स लण्डनले उक्त कार्यको सम्मान गर्दै कदरपत्रले सम्मान गरेको हो ।
धरान उपमहानगरको सभाकक्षमा आयोजित समारोहमा वर्ल्ड बुक अफ रेकर्ड्स लण्डनका नेपाल प्रमुख सागर कटुवाल, नेपाल मानव धर्म सेवा समितिका प्रमुख महात्मा चमेली बाईजी, गायक निर्णय श्रेष्ठ, सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले संयुक्त रुपमा उक्त कदर पत्र हस्तान्तरण गरेका थिए।
वर्ल्ड बुक अफ रेकर्ड्स लण्डनको कदरपत्र पाएपछि मेयर साम्पाङले आँफूले सम्मानका लागि नभएर कामको लागि काम गरेको बताए । उनले आफ्नो कार्यकालमा पानीको समस्या सुल्झाउन लागि पर्ने र एक करोड बिरुवा रोप्ने समेत बताए।














Discussion about this post